मुख छोपेर भन्सार अनुगमनमा एसपी र डिएसपी: एकैपटक १७ प्रहरी जिल्ला तानिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ईलाका प्रहरी कार्यालय जमुनाहाका डेढ दर्जन प्रहरीहरु एकैपटक जिल्ला प्रहरी कार्यालय बाँकेका तानिएका छन् । बुधबार ‘सीमामा सुरक्षाकर्मी र भन्सार कर्मचारीबाट लुटिन्छन् नेपाली’ भन्ने समाचार प्रकाशित गरेको थियो ।

बुधबार बिहानै बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपाने मुख छोपेर सादा पोशाकमा नाकाको अनुगमनमा पुगेका थिए । सोही क्रममा त्यहाँ कार्यरत प्रहरीको भूमिका राम्रो नदेखिएको भन्दै एकैपटक त्यहाँ कार्यरत १७ प्रहरीलाई जिल्ला तानिएको हो ।

त्यहाँ कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कर्मचारीहरुले दसै तिहार मान्न घर फर्किने नेपालीबाट रकम असुल्ने समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि बाँके प्रहरीले तत्कालै एक्सन लिएर एकैपटक १७ प्रहरीलाई जिल्ला तानेर नयाँ प्रहरीहरु पठाएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button