माधव नेपाल समुह सहभागी हाेलान्त ? ४:०० बजे बाट एमालेको स्थायी कमिटीको बैठक सुरु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने निर्णय गरेको एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन बुधबार पनि बस्दैछ ।

बैठक मध्यान्ह ४ बजे बालुवाटारमा बस्न लागेको र समसामयिक राजनीतिक तथा पार्टीको आन्तरिक एकताका विषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

मंगलबारको बैठकले धेरैभन्दा धेरैलाई समेटेर पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो। यद्यपी बैठकले कारबाहीमा परेका शीर्ष नेताहरुसँग एकताको सम्भावना कमजोर रहेको निष्कर्षसमेत निकालेको थियो।

२ जेठमा फर्कने वा फागुन २३ पछिका निर्णय कार्यान्वयन गरेर जाने भन्नेमा एमालेमा विवाद छ। यद्यपी दोस्रो तहका नेताहरुबीचका पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ का लागि तयार भएको बताइएको छ। तर, स्वतन्त्र पुष्टि भएको छैन।

संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरे पनि दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ जना तत्कालीन सांसदलाई स्पष्टिकरणमै सीमित गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button