माधव नेपाल नयाँ दल खोल्नबाट नरोकिने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १९ जेठ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कमजोर भइसकेको निष्कर्ष निकालेका छन । उनले कमजोर भएकैले ओलीले सहमतिको कार्ड फालेको टिप्पणी गरेका छन् ।

आज एमालेका आफूपक्षीय भातृसंगठनका नेताहरुसँगको भर्चुअल बैठकमा उनले कसैको कार्डबाट नअलमलिने दृढता समेत व्यक्त गरे । ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका नेपालले पार्टीमा लामो समय संघर्ष गरेका तन्नेरी देखि पाकासम्मको साथ रहेको दाबी गरेका थिए । उनले कतिपय नेताहरुको नामै तोकेर कठिन अवस्थामा छाडेर गएको उल्लेख गरे । तर, कुनैपनि हालतमा आफू विचलित नहुने र पक्षधरहरुलाई पनि नहुन आग्रह गरे ।

बैठकमा नेपालले आफूले कम्युनिस्ट आन्दोलनलाई बचाउन ओलीविरुद्ध संघर्ष गरिरहेको उल्लेख गरे । जीत आफूहरुकै हुनेमा ढुक्क हुन भने । ओलीले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त गर्न खोजेकाले आफू बचाउन लागेको बताए ।

पछिल्लो समय ओलीले पार्टी फुट्नबाट जोगाउने भन्दै सहमतिको नयाँ कार्ड फालेको समेत बताए । त्यसबाट अब कुनै हालतमा नअमलिने उनको भनाई थियो ।

नयाँ दल खोल्न लागेको र त्यो कम्युनिस्ट आन्दोलन बचाउनका लागि वाध्यकारी कदम भएको बताए । आफू जनप्रतिनिधिहरुका कारण रोकिएको उनको भनाई थियो । छिट्टै नयाँ दल खोलेर अगाडि बढ्ने र साथ दिन समेत आग्रह गरे ।-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button