मन्त्री बन्न बालुवाटार पुगेका विश्वासको मत दिने नेकपाका सांसदहरुलाई ‘हुदैन’ भन्दै देउवाले किन फर्काईदिए?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेकपा एमालेका सांसदहरुले मन्त्री बन्न तयार रहेको बताउँदा प्रधानमन्त्री देउवाले ‘हुँदैन’ भन्दै फर्काएका छन् । बालुवाटारमा मन्त्री बन्न भनेर गएका उनीहरुलाई प्रधानमन्त्री देउवाले वरिष्ठ नेता माधव नेपालको स्वीकृतिबिना मन्त्री नबनाउने भनेर फर्काएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार बसेको स्थायी कमिटी बैठकमा उक्त कुरा सुनाएका हुन । उनका अुनसार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका ४ जना सांसद् मन्त्री बन्न तयार रहेको भन्दै बालुवाटार पुगेका थिए ।

मन्त्री बन्न बालुवाटार पुगेका ती सांसदहरुले ‘सांसद पद गए जाओस्, मन्त्री बन्न’तयार रहेको बताए पनि प्रधानमन्त्री देउवाले उक्त प्रस्तावको अस्विकार गरेको प्रचण्डको भनाइ छ ।

साउन ३ गते राति माधव नेपालसहित २२ जना एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । ती २२ सांसदहरुले नेपाललाई सरकारमा चाँडो सहभागी हुन पनि दबाब दिँदै आए पनि नेपाल पदको लोभमा सरकारमा जान नहुने अडानमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button