मन्त्रालयको गाडीभित्रै यौन सम्पर्क गर्दागर्दै निवस्त्र पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्रै यौन सम्पर्क गर्दागर्दै निवस्त्र भेटिएका तीनै जनाले आफूहरूले सहमतिमा सबै काम गरेको बताएका छन ।

उनीहरूको विषयमा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका एक प्रहरी अधिकारीका अनुसार महिलाले अन्य दुइ पुरूषसँग सहमतिमै यौन सम्पर्क गरेको बताएकी छिन । प्रहरीले बुधबार राति मन्त्रालयको प्रदेश ३(०१(००२ झ ५०५२ नम्बरको गाडीबाट एक महिला र दुई पुरुषलाई निर्वस्त्र रूपमा पक्राउ गरेको थियो ।

प्रहरीलाई उनीहरूले दिएको वयान अुनसार सल्लाघारीबाट लिफ्ट मागेर चढेकी युवतीसँग सहमतिमै सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जंगलमा पुगेको बताएका छन । यद्यपी महिलाले वयान फेरिरहेकी छिन । प्रहरी निरीक्षक विष्णुहरि फूयाँलका अनुसार उनीहरुबीचको त्रिपक्षीय शारीरिक सम्बन्ध भएको र महिलाले वयान फेरिरहेकी छिन । उनीहरूलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

पक्राउ पर्नेमा सवारीचालक सिन्धुपाल्चोकका ४१ वर्षीय जितबहादुर खत्री र गाडीमा सवार शम्भु कार्की र अर्की २१ वर्षीया महिला छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button