मन्त्रालयका अनुसार नेपालमा ८ लाख युवाहरु बेरोजगार

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

विहीबार विश्वभरी युवा दिवस मनाइयो । तर, नेपालका युवाहरुलाई भने कागलाई बेल पाक्यो हर्ष न विस्मात ! सरकारले युवा लक्षित प्रभावकारी नीति तथा कार्यक्रम नल्याउँदा स्वदेशका युवा बेरोजगार बढेकोे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार ८ लाख युवाहरु बेरोजगार छन् । युवा स्वरोजगार कार्यक्रम मार्फत ९० हजार युवा लाभान्वित भएको दाबी सरकारको छ । तर सामान्य युवाको पहुचमा स्वरोजगार कार्यक्रम पुग्न नसकेको गुनासो सर्वसाधारण युवाको छ ।

स्वदेशमा युवालाई अवसर नभएकै कारण लाखौ युवा बिदेशिन बाध्य छन् ।
कोभिडअघि रोजगारीमा रहेका युवाहरु समेत बेरोजगार बन्न पुग्दा बेरोजगार युवाहरुको संख्या अहिले झन् वृद्धि हुँदै गएको छ । युवाहरूलाई रोजगार दिने नाममा नेपालमा ल्याइएका परियोजनाहरु पनि सामान्य युवाको पहुचमा पुग्न नसकेको गुनासो सर्बसाधारण युवाको छ ।

युवा स्वरोजगार कोर्षले बेरोजगार युवालाई २ लाख देखि ५ लाख कर्जा बैक तथा बित्तीय सस्था मार्फत गराउने र हालसम्म ९० हजार युवालाई कर्जा उपलब्ध गराइसकिएको युवा स्वरोजगार कोर्षको दाबी छ ।

नेपालमा कुल जनसंख्याको ४० प्रतिशत १८ देखि ४० वर्ष उमेर समूहका छन् । नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका युवालाई परिचालन गर्ने सरकारको स्पष्ट कार्यनीति र कार्यक्रमको अभावमा युवाहरु रोजगारीका लागि खाडी लगायतका तेस्रो मुलुक जान विवश छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button