मधेसी महिलाहरुको तीन दिने नेतृत्व विकास तालिम सम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पुजा वैश्य, नेपालगञ्ज

राष्ट्रिय प्रजातान्त्रिक मधेशी महिला मोर्चाका महिलाहरुलाई  तीन दिने नेतृत्व विकास तालिमको समापन भएको छ ।

मधेशी महिलाहरूको आत्मा विश्वास वढाउन र आन्तरिक प्रतिभा पहिचानको लागि यो तालीम आयोजना गरिएको तराई मधेशी महिला मोर्चा अध्यक्ष कृष्ण पाण्डेले बताए।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयर डा. धवल समशेर राणाको विशेष सहयोगमा यो तालीम सन्चालन गरिएको हो। उक्त तालीममा ३२ जना महिला तथा किशोरीहरुको उत्साह जनक सहभागिता रहेको थियो। यो तीन दिने नेतृत्व विकास तालिमको प्रशिक्षकको रूपमा रविन्द्र कर्ण थिए।

सहभागीहरुले तीन दिनको आफ्नो अनुभव बाँड्दै अब अगाडि आएर बोल्न सिकेका छौ र यो तालीम बाट निकै खुसी भएको र आगामी दिनमा पनि यस्तै तालिममा सहभागी भई लुकेको प्रतिभा र बोल्ने क्षमता विकास गर्न उत्कृष्ट इच्छा रहेको जनाए।

नेपालगंज उपमहानगरपालिका मेयर राणाकाले भने ‘संविधानमा छुट्याइएको मधेशी र महिलाको कोटा बाट वञ्चित नहोस् र आउने दिनमा मधेसी महिलाहरु आत्मनिर्भर बन्न सकुन् भन्ने उद्देश्यले नेतृत्व विकास तालीम दिइएको हो।’

आफ्नो अधिकारको लागि आवाज उठाउन सक्ने र आफु सक्षम भएर समाजमा रहेका विकृति-विसंगतिलाई पन्छाउँदै आफ्नो पहिचान बनाउन सकुन् भन्दै मेयरले सबै सहभागीहरुलाई बधाई दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button