मंगलबार ६ हजार संक्रमित थप, ६८ जनाको निधन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १८ जेठ। आज नेपालमा कोरोना भाइरसका ६ हजार ८५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ६ हजार ८ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ५४ हजार ३ सय ४४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

२४ घन्टामा ६८ जना संक्रमितले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या नेपालमा ७ हजार ४ सय ५४ पुगेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button