भ्रष्टाचारको रिपोर्टिङ गर्ने पत्रकारको हत्या

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२८ कात्तिक, काठमाडौं । भारत बिहारको बेनीपट्टी जिल्लाका अस्पताल र नर्सिङ होमको भ्र’ष्टा’चार उजागर गर्दै आएका स्थानीय एक पत्रकार बुद्धिनाथ झाको ह’त्या भएको छ ।

परिवारका सदस्यहरुले अस्पताल सञ्चालकले नै उनको ह’त्या गराएको दाबी गरेका छन् ।मधुबनी जिल्लाको बेनीपट्टी इलाका प्रहरीका इञ्चार्ज अरविन्द कुमारले २२ वर्षीय झाको ह’त्या भएको पुष्टि गरेका छन् । प्रहरीका अनुसार झाको शव आधा ज’ले’को अ’व’स्था’मा फे’ला परेको छ ।

उनका अनुसार ह’त्याको अ’नु’स’न्धान गर्न केही व्यक्तिलाई हि’रा’स’त’मा लिइएको छ ।पत्रकार झाले बीएनएन न्यून बेनीपट्टीमा काम गर्दथे । बेनीपट्टीमै घर भएका झा दुई वर्षदेखि पत्रकारीतामा रुपमा सक्रिय थिए ।

उनको अ’प’ह’र’ण’पछि ह’त्या भएको उनका दाजु त्रिलोक झाले बताएका छन् । ९ नोभेम्बरमा अ’प’ह’र’ण भएको र १२ नोभेम्बरमा उनको शव फे’ला परेको उनले बीबीसी हिन्दीलाई जानकारी दिएका छन् ।

त्रिलोकका अनुसार बुद्धिनाथले सुरुमा क्लिनिक खोलेका थिए । त्यहाँ बाहिरबाट आएका डाक्टरहरुले स्थानीयको उपचार गर्दथे । तर स्थानीय नर्सिङ होम सन्चालकहरुले अति दुःख दिएपछि उनी क्लिनिक बन्द गर्न बा’ध्य भए । त्यसैबेलादेखि उनी पत्रकारितामा सक्रिय भएको र नर्सिङ होम तथा अस्पतालका ग’ल’त क्रि’या’कलापको मिडियामार्फत् उजागर गर्न सुरु गरेको परिवारका सदस्यहरुले बताएका छन् ।

उनले सरकारी निकायहरुमा पनि नर्सिङ होम, प्याथ ल्याब र अस्पतालका गलत क्रियाकलापका सूचनाहरु दिने गर्दथे । सोही सूचनाको आधारमा सरकारले बेनीपट्टी र धकजरीका १९ ल्याब र नर्सिङ होमलाई बन्द गराएको थियो ।

उनले ७ नोभेम्बरको दिन फेसबुकमा ‘खेल अब सुरु हुनेवाला छ…।’ लेखेर पोष्ट गरेको र त्यसको दुई दिनपछि राति करिब १० बजेतिर उनको अ’प’ह’र’ण भएको र त्यसपछि ह’त्या भएको परिवारका सदस्यहरुको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button