भ्रष्टचारी ठेगाना लगाउन युथफोर्सलाई ईश्वर पोखरेलको निर्देशन(भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ब्युँताइएको युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामालाई सम्बोधन गर्दै नेकपा (एमाले(का महासचिव ईश्वर पोखरेलले युथफोर्सलाई अब भ्रष्टचारविरुद्ध अभियान चलाउन निर्देशन दिएका छन् ।

शनिबार घोषणा सभामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ठाउँमा प्रमुख अतिथि बनेर मन्तव्य राखेका उनले युथफोर्सलाई भ्रष्टचारविरुद्ध अभियान दह्रोसँग चलाउन निर्देशन दिएका हुन् ।

उनले ब्युँताइएको युथ फोर्सलाई निर्देशन दिए, ‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ । र, भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’

साथै, हालसालैलाई जनताले राम्रो नठान्ने काम नगर्न पनि उनको निर्देशन छ । युथफोर्स फरक परिवेशमा गठन भएको र परिस्थितिअनुसार काम गर्नुपर्ने पनि उनले बताए।

युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने संगठन भएको उनको भनाइ छ । उनले भने, ‘युथ फोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लागउने संगठन हो । हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’

युथ फोर्स एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन पनि पोखरेलले आह्वान गरेका छन् भने युवासंघ नेपाललाई अभिभावका रुपमा मानेर अघि बढ्नुपर्ने उनको निर्देशन दिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button