“भैलिनी बलत्कृत”

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

पाल्पामा देउसी भैलो खेल्न निस्मेका समुहकै एकजना युवकले १३ वर्षिया नावालिकालाई बलात्कार गरेका छन् । पाल्पाको रामपुर १० होङ्दीमा शुक्रबार राती ११ बजे सँगै भैलो खेलिरहेका १३ वर्षिया नाबालिकलाई सोही समुहका २५ वर्षिय नेत्र सारु मगरले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार भैलो खेल्न निस्केकी ती बालिकालाई घरदेखि ८०० मिटर टाढा बारीमा लगेर करणी गरेको स्थानीयले देखेर प्रहरीलाई खबर गरिदिएका थिए । करणी भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पा र हुँगी प्रहरी चोकीबाट प्रहरी परिचालन गरि बलात्कारका आरोपित सारुलाई नियनत्रण लिइएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए । बालिकालाई स्वास्थ्य परीक्षण गराई संरक्षमा राखिएको र सारुमाथि अनुसन्धान भईरहेको डीएसपी त्याँतीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button