भिम बहादुर हत्या :घटनामा संलग्‍नहरु आफै प्रहरीसमक्ष बयान दिइरहेका छन् तर प्रहरीले जाहेरी लिन मानेन्

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट दलित भातृ संस्थाका नेताहरुबीच संयुक्त छलफल भएको थियो । छलफलमा कांग्रेस नेता मीन विश्वकर्मा, एकीकृत समाजवादीका नेता गणेश विके, माओवादी केन्द्रका नेता पदम सुन्दास, जसपाकी नेतृ दुर्गा सोब लगायत भातृसंस्थाका नेता र दलित अधिकारकर्मी सहभागी थिए ।

त्यसक्रममा भीमबहादुरको हत्याको कारण मूलतः जातीय विभेद नै रहेको ठहर गर्दै त्यसको विस्तृत छानबिन गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरिएको नेपाल दलित मुक्ति मोर्चाका नेता बुद्धि नेपालीले जानकारी दिए । उनका अनुसार घटनाबारे अध्ययन गर्न सत्ता गठबन्धनसम्बद्ध दलका भातृ संस्थाहरुले समेत समिति बनाएर स्थलगत अध्ययन गर्ने भएको छ ।

‘घटनामा संलग्‍नहरु आफै प्रहरीसमक्ष बयान दिइरहेका छन् । तर प्रहरीले किटानी जाहेरी लिन नमानेको कुरा आएको छ । त्यसैले दोषीलाई कारबाहीको सुनिश्चितता गराउन गृहमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदछौँ,’ नेता नेपालीले भने, ‘पीडित परिवारलाई सरकारले क्षतिपूर्ति पनि दिनुपर्छ ।’ उनले घटनामा पीडितले न्याय पाउने अवस्था नबनेसम्म जिल्ला र राजधानीमा समेत दबाबमूलक आन्दोलन गर्ने निर्णय भएको जानकारी दिए ।

भरतपुर महानगरपालिका–४ का ५८ वर्षीय विकको गत २८ असोजमा मन्दिरमा दलितहरुले पनि पूजा गर्न पाउनुपर्छ भनेर आवाज उठाउँदा भएको कुटपिटबाट मृत्यु भएको थियो । कुटपिटबाट संलग्न स्थानीय सीताराम बस्नेत र दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button