‘राष्ट्रिय वल्मा काउन्सिल नेपाल’ सम्मेलन सम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समीर अलि,नेपालगन्ज राष्ट्रिय वल्मा काउन्सिल नेपाल  सम्मेलन भव्यताको साथ सम्पन्न भएको छ ।भारतको बरेली शहरमा दरगाहे आला हजरतद्वारा आयोजना गरिएको सम्मेलन नेपाली नागरिकहरुको शैक्षिक, सामाजिक, धार्मिक र आर्थिक विकासमा केन्द्रित भएर छलफल गरिएको छ ।

नेपाल र भारत बीचको सम्बन्धलाई अझै निकटता प्रदान गर्न उक्त सम्मेलनको आयोजना गरिएको सय्यद गुलाम हुशैन मजहरी जर्नल सेक्रेटरी तथा दारूल उलूम मञ्जरे ईस्लामको अध्यापक सलीम नूरीले बताउनु भयो । उहाँले भन्नु भयो, दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले लामो समय देखी नेपाल र भारत बीचको धार्मिक सम्बन्धलाई बलियो बनाउन खोज्नु भएको थियो । जसले गर्दा उहाँले गत वर्ष नेपालमा एउटा प्रतिनिधि मण्डल पठाएर नेपालको आर्थिक सामाजिक धार्मिक स्थिति बारे जानकारी प्राप्त गर्नु भयो ।

नेपालको नागरिकहरु पिछडिएकोले राष्ट्रिय वल्मा काउन्सिल नेपालसंग समन्वय गरी नेपाली नागरिकहरुको विकासका निम्ति दरगाह आला हजरतले हाथ बढाएको उहाँले बताउनु भयो । यस सम्मेलनले नेपाल र भारत बीचको सम्बन्धलाई अझै बलियो बनाउनेछ भन्ने उहाँको भनाइ थियो । दुबै देशको वल्मा सम्मेलनले नेपालका विभिन्न जिल्लामा रहेको गरीब पीडित असाहायहरुको विकासका लागि काम गर्ने बताइएको छ ।

नेपाल वल्मा काउन्सिलका केन्द्रीय अध्यक्ष मौलाना व मुफ्ति मोहम्मद मुस्ताक अहमदले सभालाई सम्बोधन गर्दै भने, राष्ट्रिय वल्मा काउन्सिल नेपाल र दरगाहे आला हजरत बीचको यस सम्बन्धले नेपाली नागरिकहरुको विकासका लागि काम गर्न निकै सरलता प्रदान गर्नेछ । लामो समय देखी नेपाल र भारत बीचको धार्मिक निकटता गुमिएको जस्तो अनुभुती हुँदै आएको थियो तर यस सम्मेलनले सो सम्बन्धलाई पुनः जीवन प्रदान गरेको छ ।

नेपालमा सूफी बिचारधाराको लामो इतिहास छ जसमध्ये मुफित-ए आजिमे हिन्दले गरेको कामलाई अहिले पनि हेर्न सकिन्छ । उहाँले शैक्षिक विकासका निम्ति नेपालमा विभिन्न मदरसाहरुको शिलान्यास गर्नु भएको थियो । उक्त मदरसाहरुमा पढेर अहिले पनि वल्माहरुले सामाजिक काम गरि रहेका छन् । सम्मेलनले हामी नेपाली वल्माहरुमा अझै उर्जा थपेको उहाँको भनाइ छ ।

त्यस्तै राष्ट्रिय वल्मा काउन्सिल नेपालका जर्नल सेक्रेटरी मौलाना नूर मोहम्मदले राष्ट्रिय वल्मा काउन्सिल नेपाल गठन भएदेखि काम गर्न सजिलो भएको बताए । नूर मोहम्मदका अनुसार नेपाल भारत वल्मा सम्मेलनबाट बनेको सम्बन्धले आर्थिक सामाजिक धार्मिक र शैक्षिक रूपमा पिछडिएको नेपाली नागरिकहरुलाई सहयोग गर्न दरगाहे आला हजरतले निकै ठुलो भुमिका खेल्नेछ ।
सोही सम्मेलन कार्यक्रममा दरगाहे आला हजरतका सज्जादा नशीन सूफी सुबहान रजा खान सुबहानी मियाँले नेपाली वल्माहरु दोसाला र कदरपत्र सहित सम्मानित गर्नु भएको थियो भने नेपाली वल्माहरुले नेपाली टोपी र खादा लगाएर नेपालको तर्फबाटबाट चिनो दिएका थिए ।

उक्त कार्यक्रममा नेपाली वल्मा मौलाना व मुफ्ती मोहम्मद कैफुल्वरा मिस्बाही, मौलाना नशीरुद्दीन अन्सारी भारतीय वल्मा मुफ्ती नाशीर कुरैशी, ईस्लामिया गर्ल्स इन्टर कलेजका प्रमुख डा नासिर बेग लगायतले उपस्तिथि जनाउनु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button