नेपालीलाई भारतीय प्रहरीले सिमामा पक्रि लास पठाउंदा समेत अनविज्ञ नेपाली प्रशासन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हरी बर्दिया, नेपाल -भारत सिमावर्ती क्षेत्र बाट एक नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरि जेलमै मरेर लास नेपाल फर्काउंदा समेत प्रशासन अनविज्ञ छन्।

गुलरिया नगरपालिका वडा नँ. १ का स्थायि बासिन्दा गणेश लोधको बिषयमा गत बुधबार उनकी श्रीमति अनिता लोधले यस्तो खबर सुनिन् जसले उनको जीवनमा ठुलै बज्रपात ल्याए। खबर थियो उनको श्रीमान् गणेश लोधको लखनऊ भारतको जेलमा मृत्यु भएको ।

 

किन पक्रे गणेश लाेधलाई भारतीय प्रहरीले ?

गणेश लोध ८ नोभेम्बर २०१८ देखि लखनऊ जेलमा थिए । उनीमाथि भारतिय जङ्गलबाट काठ चोरेको आरोप थियो । पहिले एकपटक पक्राउ परेर केही रकम दिई छुटेका उनी फेरि पक्राउ परे । उनी काठ चोर्ने काममा सहभागि थिएनन् । तर उनले अधियामा लगाएको खेत भारतिय सिमासँग जोडिएकोले त्यहाँ खेतमा काम गर्ने क्रममा उनलाई पक्रेर लगिएको थियो । पक्राउ गरेपछि उनीसँग धरौटी बापत् ५० हजार भारतिय रुपिया (८० हजार नेपाली रुपैयाँ ) को माग गरियो । उनको परिवार निकै गरिब भएकाले त्यो रकम दिन नसकेपछि उनी जेल सजाय भोगिरहेका थिए ।

लाेधकाे कसरी भयो मृत्यु ?

भारितय प्रहरीले पठाएको रिपोर्टमा उनको स्वास्थ्य विग्रिएको र उपचारका क्रममा २२ सेप्टेम्बर २०२१ का दिन लखनऊको एक अस्पतालमा विहान ३ः३६ बजे मृत्यु भएको उल्लेख गरिएको छ । उनी क्षयरोगबाट ग्रसित थिए भन्ने कुरा उनको परिवारले बताएको छ । उनको मृत्युपछि उनको घरमा खबर गरिएको थियो । उनको लाश ल्याउनेसम्म उनीहरुसँग पैसा नहुदा गाउँँलेहरुले पैसा उठाएर दिएपछि अनिता लोधले आफ्नो  श्रीमानको लाश ल्याएकी थिइन् ।

निकै गरिब परिवारबाट थिए उनी

उनका ५ वटा छोराछोरीहरु थिए । जेठी छोरीले उनी जेलमा छदा नै विवाह गरेकी थिइन् । जमिनको नाउँमा उनीहरुसँग १ कट्ठा जग्गा मात्र रहेको छ । मजदुरी गरेर घर धानिरहेका गणेश जेलमा परेपछि उनको परिवारको हालत झनै नाजुक बनेको थियो । अनिता लोधले स्थानिय एक इट्टा भट्टामा काम गरेर परिवार धानिरहेकी थिइन् ।

कच्ची घरमा रहने उनीहरुको घर कहिले भत्किने हो भन्न सकिदैन। उनको घरमा खानका लागि चामल समेत छैन। उनका आफन्तहरुले धेरथोर खाद्यान्न ल्याएर मद्धत गरिरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button