भारतिय सशस्त्र सिमाबलको दादागिरी नेपाली भुमी भित्रै स्थानीय युवाहरुमाथि कुटपिट

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया। गुलेरिया नगरपालिका वडा नँ. १ भगरैयामा भारतिय सशस्त्र सिमा बलले स्थानीय युवाहरुमाथि कुटपिट गरेका छन्।

आईतबार विहान ८ बजे उक्त घटनाको विषयमा भारतिय एसएसबी, नेपाल सशस्त्र प्रहरी, वडाध्यक्ष एकसाथ त्यहाँ अवस्थित भारतिय एसएसबी क्याम्पमा बसेर यो घटनालाई आपसी समझदारीमा सुल्झाएको कुरा गुलरिया नगरपालिका वडा नँ. १ का वडाध्यक्ष प्रताप कुमार गौतमले प्रस्ट्याएका हो।

शनिबार बाघले दुई जना मान्छेलाई आक्रमण गरेपछि रातमा बस्तिको सुरक्षाका लागि ६ जना युवाहरु राति खटिएका थिए । रातमा कुकुरहरु भुक्न थालेपछि के भएको रहेछ भनि हेर्न उनीहरु बस्ति नजिक नेपाल भारत सिमामा राति झण्डै ८ः३० बजे टर्च लिएर गएका थिए ।

त्यसै समय नजिकै रहेको एसएसबीको समुह नेपालको सिमा भित्रै ‌आएर उनीहरुलाई धम्क्याएर कुटपिट गरे। ती नेपाली युवाहरु त्यहाँबाट फर्केर एसएसबीले नेपालबाट प्रयोग गरिरहेको विधुत बन्द गरिदिए । त्यसैको प्रतिक्रिया स्वरुप् राति ११ बजे पुनः एसएसबीको समुहले ति युवाहरुको गाउँ भगरैयामा हातमा लाठाहरु लिएर प्रवेश गरेर बलजफती घरमा प्रवेश गरी विधुत स्वीज अन गरेर गए ।

एसएसबीले गाउँलेहरुलाई धम्क्याएको कुरा प्रत्यक्षदर्शीहरुले बताए । यो घट्नाको बारेमा आफूहरु सबै जानकारी दिन तयार भएतापनि यो बारेमा मिडियामा भने नबोल्ने ती पिडित युवाहरु बताउछन् ।

सिमा भित्र  एसएसबी आएर कुटपिट गर्ने आँट कसरी आयो ? मध्यरातमा अर्काको भुभागमा लाठाहरु लिएर जबरजस्ती घरमा घुस्ने आँट कसरी आयो ? नेपाली पक्ष किन उनीहरुको क्याम्पमा बसेर छलफल गर्यो ? यो दुई देश बिचको मामला हो यो कुरा दशगजामा बसेर मिलाउन सकिदैनथ्यो र?

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button