ब्वाई फ्रेन्डले अरु सङ्ग घरजम गरेपछि प्रेमिकाले लेखाइन् यस्ताे अवतार।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२५ वर्षकी नेनी नुरजामनले चिकेनमा खतरनाक विष साइनाइडको प्रयोग गरेको आरोप लागेको छ । उनले विष मिसाइएको चिकेन पूर्वप्रेमीको घरसम्म लैजानका लागि ४७ वर्षका डेलिभरी ब्वायलाई दिएकी थिइन् । द सनको रिपोर्टअनुसार बेन्दीयामन नामका यी डेलिभरी ब्वाय महिलाका पूर्वप्रेमी टमीको घरमा पुगे तर त्यहाँ टमीकी श्रीमती भेटिइन् । श्रीमतीले आफूलाई डेलिभरीबारे जानकारी नभएको भन्दै टमीलाई फोन गरिन् । टमीले पनि आफूलाई यसबारे जानकारी नभएको भन्दै डेलिभरी लिन अस्वीकार गरे ।

उनीहरुले डेलिभरी लिन अस्वीकार गरेर बेन्दीयामनलाई त्यो प्याकेट आफ्नो घर लिएर जान भने । उनीहरुले बेन्दीयामनलाई प्याकेटको खानेकुराले आफ्नो रमजानको ब्रत तोड्न सक्ने समेत बताएका थिए । त्यसपछि बेन्दीयामक घर आए र प्याकेटमा भएको चिकेन उनकी पत्नी र छोराले खाए । चिकेन खानेबित्तिकै दुवैलाई बान्ता हुन थाल्यो र उनीहरुलाई योगाकर्ता सहरको एक अस्पतालमा भर्ना गरियो ।

अस्पतालमा बेन्दीयामनकी पत्नी त बचिन् तर उनका छोरा बच्न सकेनन् । उपचारको क्रममा उनको मृत्यु भयो । पुलिसले विषालु चिकेन पठाउने महिलालाई पक्राउ गरेको छ । पुलिसका अनुसार ती महिलाका प्रेमीले उनलाई छोडेर अर्की महिलासँग बिहे गरिसकेको थाहा पाएपछि उनी निकै रिसाएकी थिइन् र बदला लिन चाहन्थिन् । रिपोर्टका अनुसार यदि यी महिलामाथि लागेको आरोप प्रमाणित भएमा उनलाई मृत्युदण्डको सजाय समेत हुन सक्छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button