बैशाख ८ गते देखि “द भ्वाइस अफ प्रेज” सुरु हुंदै।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कर्णाली 24, क्लासिकल म्युजिक सेन्टरको आयोजनामा हुन गइरहेको  “द भ्वाइस अफ प्रेज” सिङ्गगिङ कार्यक्रमले  ईसाई समुदाय भित्रका गाएन क्षेत्रका प्रतिभाहरू अहिले उत्साहित देखिएका छन् । अडिसनका लागि फारम भने चर्चहरुमा वितरण गर्ने कार्य भइरहेकेको छ । साथै सहभागी को लागि आवश्यक जानकारी राख्न यसै समाचार मा दिएको सम्पर्क नम्बरमा पनि सम्पर्क गर्न सकिने छ।

बांके, कोहलपुर नगरपालिका-२ ,इम्मानुयल चर्चमा बैशाख ८र ९ गते विहानै देखि सुरु हुने अडिसनको सबै तयारी लगभग पूरा भइसकेको ख्रीष्टियन सिङ्गिङ्ग आइडलका कार्यक्रमका संयोजक बलु तामाङले जानकारी दिए । ‘हामीले सबै लगभग तयारी पूरा गरिसकेका छौं, बिहान नै देखि अडिसन सुरु हुन्छ’, तामाङले भने, ‘बाँके, बर्दिया र दाङ आसपासका चर्चबाट सहभागीहरु उत्साहि भइरहेको छन्।’ उनका अनुसार लुम्बिनी प्रदेश मै पहिलो पटक हुन लागेको यो कार्यक्रमको दर्ता अभियान भैइरहेकको र भाग लिन इच्छुक हुने चर्चका विस्वासीहरुले समयमै नाम दर्ता गराई भाग लिनुहुन अनुरोध गरिएको छ । कार्यक्रमले नेपाली ख्रीष्टियन सांस्कृतिक पहिचान स्थापित गर्न एक अलग प्रतिभाको खोजी सुरु हुँदै गरेको र ईसाई समुदामा लुकेर रहेका प्रतिभाहरूको खोजी गरि उनिहरुलाई परमेश्वरकोलाई महिमा हुने गितहरु गाउन प्रेरणा दिने  उनको भनाई छ ।

प्रतियोगितामा गायक तथा संगीतकारहरु रमेश विश्वास, गणेश राना, बलु तामाङ , उमेश मुस्कान र लोक प्रिय गायक कर्ण दास निर्णायक रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजन मिड वेस्टर्न आइ टी सफ्ट इन्टरनेशनल प्रा. लि. ले गरेको छ भने मिडिया पार्टनरमा सानीमा टिभी यूटुयुव च्यानल र अनलाईन पार्टनर रातोपाटी न्युज डट कम रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button