बेलायत सरकार र सेनालाई सहयोग गर्ने जो कोही बेलायतमा स्थायी रूपमा बस्न पाउने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बेलायतको गृह मन्त्रालयले अफगानिस्तानमा बेलायत सरकार र सेनालाई सहयोग गर्ने जो कोही बेलायतमा स्थायी रूपमा बस्न सक्ने घोषणा गरेको छ। यसअघि पाँच वर्ष बस्ने प्रस्ताव थियो तर अब यो अनिश्चितकालको लागि बढाइएको छ।

बेलायतले १३ अगस्तदेखि अफगानिस्तान पुनर्वास र सहायता नीति अन्तर्गत योग्य रहेका ८,००० भन्दा धेरै मानिसहरुलाई एयरलिफ्ट गरेको छ। तर लेबर पार्टी भन्छ,  ‘अफगानिस्तान छोडेपछि पनि आफ्नो ज्यानको लागि धेरै अफगानहरुको लागि अधिक सहयोगको आवश्यकता छ।’

बेलायती सेनाले गत साता अफगानिस्तान छोडेका थिए। यससँगै अफगानिस्तानमा बेलायतको २० बर्षे सैन्य संलग्नता पनि समाप्त भयो।
विदेश सचिव डोमिनिक राबले भने, ‘अफगानिस्तानमा कति जना मानिसहरु ब्रिटेन आउन योग्य छन् भन्ने विषयमा कुनै सटीक तथ्यांक दिन सकिदैन।’

अपरेशन वार्म वेलकम नामक आफ्नो योजनाको विस्तृत विवरण दिंदै गृह कार्यालयले भन्यो, ‘यो सुनिश्चित गर्न चाहन्छ कि यूके आउने अफगानहरुलाई आफ्नो जीवन नयाँ ढंगले सुरू गर्न मद्दत पाउन सकोस’।

अफगान पुनर्वास र सहायता नीति (एआरएपी)स्थानीय स्तर मा कार्यरत पूर्व कर्मचारीहरु र उनीहरुको परिवार को लागी हो। यी ती व्यक्ति हुन् जो तालिवानबाट जोखिममा हुन सक्छन्।

प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो एउटा सम्बोधनमा भनेका छन्, ‘अफगानिस्तानमा सशस्त्र सेनासंग काम गर्नेहरुका लागी बेलायत धेरै ऋणी छ।’

‘म दृढ छु कि हामी उनीहरु र उनीहरुको परिवार लाई युके मा आफ्नो जीवन को पुनर्निर्माण को लागी आवश्यक सबै सहयोग दिनेछौं’, उनले भने।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button