बिदुर नगरपालिका तोडफोडमा संलग्न २४ जना विरुद्ध उजुरी दर्ता (नामावली सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोट ।

विदुर नगरपालिका कार्यालयमा तोडफोड गर्ने विरुद्ध नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ ।तोडफोडमा संलग्न भएको आरोपमा २४ जनाविरुद्ध उजुरी परेको हो।

विदुर नगरपालिकाले वडाका ६ जना वडा अध्यक्ष सहित २४ जनाविरुद्ध प्रहरी र प्रशासनमा उजुरी दर्ता गराएको छ । नगरपालिकाको कार्यालयले उनीहरु विरुद्व फौजदारी संहिता २०६४ अनुसार कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो ।

यसैगरी तोडफोड गरेको आरोपमा विदुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष विरेन्द्रकुमार शाही, वडा नम्बर ३ का वडाअध्यक्ष बद्री रिमाल, वडा नम्बर ७ का वडाअध्यक्ष महेन्द्र तामाङ, वडा नम्बर ८ का वडाअध्यक्ष फैसिङ तामाङ, वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपाल, वडा नम्बर १३ का वडाअध्यक्ष दलवहादुर तामाङ विरुद्ध मुदा दर्ता गराइएको नगरपालिकाले जनाएको छ ।

त्यसै नेपाली कांग्रेस नुवाकोटका पुर्व सभापति धुव्र अधिकारी, सचिव सुरेन्द्रराज अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, वरिष्ट उपाध्यक्ष गिता अमात्य, नुवाकोट निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारी रहेका छन् ।

त्यस्तै अन्यमा नेपाली काग्रेस विदुर नगरपालिका वडा नम्बर ५ का वडासभापति राजेन्द्र अर्याल ,वडा नम्बर १३ का वडा सदस्य मानवहादुर खड्का, कांग्रेस नेताहरु गणेश तामाङ, शंकर पाण्डे, शंकर प्याकुरेल, रामचन्द्र तामाङ, प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीको विरुद्धमा समेत मुद्धा दर्ता भएको छ । यस्तै मुद्धा दर्ता गराएका अन्य व्यक्तिहरुमा सरोज लामा, नविन खड्का, रेगवहादुर ओझा, भरत तामाङ र रामकुमार श्रेष्ठ रहेको बताइएको छ ।

स्मरण रहोस सोमवार विदुर नगरपालिका वडा नम्बर -१३ मा कार्यान्यनमा आएको सुन्तला कागती पकेट क्षेत्रको सम्बन्धित काममा अनियमितता भएको भन्दै कांग्रेस कार्यकर्ताहरुले नगरपालिकामा तालाबन्दी गर्ने क्रममा नगरपालिकाको कार्यालयमा तोडफोड गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button