बागलुङमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जना थुनामा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

बागलुङ : बागलुङमा किशोरी बलात्कारको आरोपमा चार जनालाई पर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ४ की १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा चार जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा राख्ने आदश दिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार सूर्यप्रसाद भण्डारीको इजलाशले चार जना पुरुषलाई कारागार र एक जना १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न आदेश दिएको हो । गत वैशाख २३ गते राती बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा किशोरीलाई बलात्कार गरेको आरोप छ । बागलुङ नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय राजेन्द्र सुवेदी उपाध्याय,

  • ३६ वर्षीय गिरिजा भनिने राजु कँडेल, ३२ वर्षीय दिनेश घर्ती क्षेत्री र २५ वर्षीय गोकुल पुनलाई पुर्पक्षका लागि कारागार पठाइएको हो । त्यस्तै बागलुङ नगरपालिका वडा नम्बर ३ घरकी १५ वर्षीया बालिकालाई सुधार गृहमा राख्न अदालतले आदेश दिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button