बाँके जिल्लामा मृत्युको लहर: कोरोनाले ३४४ को ज्यान लियो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या अझै घट्न सकेको छैन ।

जिल्लाका दुई अस्पताल नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर तथा भेरी अस्पतालमा हरेक दिने नागरिकहरुले प्राण त्यागिरहेका छन् । गएराति मात्रै १२ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा बाँकेका ५ जना, बर्दियाका ६ जना र रुकुमका एक जना रहेका जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा १० जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एक जना र एक जनाको होम आइसोलेशनमै ज्यान गएको हो । बाँकेमा अहिलेसम्म जिल्ला भित्रका एक सय ९६ जना र जिल्ला बाहिरका एक सय ४८ जना गरी तीन सय ४४ जना कोरोना संक्रमतिको ज्यान गइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button