बर्दियामा भासिएको जब्दी पुल पुनःनिर्माण नहुँदै सत्तिघाट पुल पनि भासिए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बर्दिया । बर्दियामा भासिएको जब्दी पुल पुनःनिर्माण नहुँदै सत्तिघाट पुल पनि भासिएको छ । जिल्लाको गुलरिया


नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दी पुल भासिएको ४ वर्ष बिति सक्दा पनि पुर्न निर्माण हुन नसकि रहेका समयमा बर्दियाको राजापुर नगरपालिका र कैलालीको टिकापुर नगरपालिका जोड्ने सत्तिघाट पुल समेत जोखिमा परेको हो ।

पुल आयोजना सेक्टर नं. ३ बाकेले निर्माण गरेको सत्तिघाट पुल लगातारको वर्षाका कारण पुलको बिचको भासिएको छ ।

कैलालीको टिकापुर र बर्दियाको राजापुर जोड्ने उक्त पुल यस अघि पनि पुर्वतर्फबाट नदीले बगाउने खतरा बढेको भन्दै केही दिन यातायात सेवा बन्द गरेर अस्थायी समस्या समाधान गरि नदीले कटान गरेको स्थानमा ढुंगा हालेर यातायात सञ्चालन गरिएको थियो ।

५ सय ३१ मिटर लम्बाई र १३ वटा स्पानमा निर्माणमा गरिएको पुलको बिच भाग बर्दिया र कैलालीको सीमा क्षेत्र भए पनि बर्दिया तर्फको भागमा पुलको भाग भासिन सुरु भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले बताउँनु भयो ।

सुरुका दिनहरुमा पुर्व तर्फ अत्याधिक मात्रामा नदीले कटान गरे पछि पुल बगाउने खतरा भएको भन्दै तत्काल समस्या समाधान गरी यातायात सञ्चालन गरिएको भए पूनः पुल बिच भागबाट नै भासिन शुरु भएकोले जोखिम बढेको देखिन्छ ।

बर्दिया र कैलालीमा यातायात सञ्चालनका लागि आर्थिक बर्ष ०७१/०७२ मा रसुवा जेभिले निर्माण सम्पन्न गरेको भएपनि तत्कालिन अवस्थामा नै पुर्व तर्फ २ स्पान थप्न स्थानीयले माग गरेको थिए ।

स्थानीयको माग समेत सुनुवाई नभएको र पटक पटक यसका बारेमा पुलको स्पान थप गर्नका लागि संघीय सरकार र प्रदेश सरकारसंग अनुरोध गरेको भए पनि सुनुवाई नगरेको लुम्बनि प्रदेशका प्रदेश सभासद दिपेश थारुले बताए ।

यस अघि भासिएको जब्दी पुल पुनःनिर्माण हुन नसक्दा यातायात सेवा अवरुद्ध भएको छ । सत्तिघाट पुल समेत यतिबेला भासिन शुरु गरे पछि दुई जिल्लाको यातायात सेवा अवरुद्ध जोखिम बढेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button