बर्दियाको गेरुवा पर्यटकिय क्षेत्र बन्दै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया जिल्लाको गेरुवा गाउँपालिकाको इन्टेक क्षेत्र पर्यटकीय क्षेत्र बनाइदै छ । पर्यापर्यटन विकास मञ्चले बर्दिया जिल्ला को गेरूवा अन्तर्गत पर्ने इन्टेक (ओखरीया) को मुहार फेर्ने काम गरेको छ । इन्टेक (ओखरीया) गेरुवा को प्रमुख पर्यटकीय क्षेत्र हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि इन्टेक (ओखरीया) को मञ्चले गैडाको मुर्तिसँगै वातावरण मैत्री आराम बेन्च इन्टेकमा सजाउने काम गरेको छ ।

गेरूवा पर्यापर्यटन विकास मञ्चका अध्यक्ष तिलकराम थारूले बन्दाबन्दी सहज भएसँगै गेरूवामा घुम्न आउने पर्यटकको संख्यामा उल्लेख वृद्धि हुने बताउनुभयो । उहाँले अब इन्टेकमा ट्री हाउस, सुन्दर मनोरम प्रकृति, सहिद स्मृति पार्क, लोपोन्मुख जलप्राणी डल्फीन, बाघ, गैडा, हात्ती सँगै र्याप्टीङको व्यवस्था भएकोले पर्यटक बढ्नेमा थारूको विश्वास छ ।

गेरूवा गाउँपालिकाको आर्थिक सहयोगमा गेरूवा पर्यापर्यटन विकास मञ्चद्वारा गठित ओखरीया पर्यार्पयटन प्रवद्धन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीप्रसाद जैशी, सचिव कृष्णहरि देवकोटा र कोषाध्यक्ष कान्छीकुमारी चौधरी लगायतको समुहले २ वटा डाइनिङ टेवल, २४ वटा आराम बेन्च र एक वटा गैडाको मुर्ति इन्टेकमा सजाइएको कुरा स्थानीय समाजसेवी मोहन सिह खत्री ले बताउनु भयो । यो भन्दा पहिले गेरूवाका विकासप्रेमी युवाहरूले व्यक्तिगत रूपमा ८ वटा वातावरण मैत्री आराम बेन्च खरिद गरि इन्टेकमा सजाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button