प्रहरीलाई पैसा दिन खोज्दा…

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिन्धुली, १० असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जना पक्राउ परेका छन् । सुनकोशी गाउँपालिका १ दुम्जास्थित बिपि राजमार्गस्थित प्रहरी चेकपोष्टमा चेकजाँचको लागि खटिएको प्रहरीलाई ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गौरबाट काभ्रे बनेपातर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ००६६ नम्बरको बसका चालक धादिङ सिद्धलेख गाउँपालिका १ बस्ने ४३ वर्षीय भीम बहादुर सिलवाल र सहचालक पर्सा परवानिपुर गाउँपालिका १ बस्ने ४२ वर्षीय जमिल अख्तर मनसुरी रहेका छन् ।

अनुमति बिना बस चलाएको पाइएपछि सह–चालक जमिलले बस छाडिदिनु पर्‍यो भनि उक्त नगद दिएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उक्त बसमा सबार २९ जना ब्यक्तिहरुलाई गन्तब्यसम्म पुर्‍याउन आवस्यक व्यबस्था गरी पठाएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button