प्रधानमन्त्री देउवालाई माधव समुहको ८ मत भए पुग्ने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार साँझ ४ बजे संसद्मा विश्वासको मत लिन लाग्नुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव समूहको जनता समाजवादी पार्टी नेपाल (जसपा), राजमो र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदले विश्वासको मत दिने छन् ।

विद्यमान संसद संख्याअनुसार प्रधानमन्त्री देउवालाई विश्वासको मतका लागि १३६ मत चाहिन्छ । हाल प्रतिनिधिसभामा रहेका २७१ जना सांसदमध्ये कांग्रेसका ६१, एमाले १२१, माओवादीका ४९, जसपा ३२, जनमोर्चा १, नेमकिपा १ र राप्रपा १ जना रहेका छन् ।

नेपाली कांग्रेसको ६३ सांसदमध्ये ६१ ले देउवालाई मत दिन पाउँछन्। विजयकुमार गच्छदार निलम्बित छन् भने मोहम्मद अफताफ आलम जेलमा छन्।

नेकपा माओवादी केन्द्रबाट ५३ मध्ये लेखराज भट्ट र टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साह एमालेमा प्रवेश गरेका ४८ सांसदको मात्र समर्थन प्रधानमन्त्री देउवाले पाउनुहुनेछ भने सभामुख अग्नि सापकोटाले बराबर भएको अवस्थामा मत दिन पाउने छन्।

स्वतन्त्र रूपमा निर्वाचित छक्कबहादुर लामा पछिल्लो समय माओवादीनिकट मानिन्छन्। उनले पनि देउवालाई मत दिने पक्का रहेको छ ।

एमालेमा १२१ जना सांसदमध्ये ९८ जना ओली समूहमा छन् भने २३ जना नेपाल समूहमा छन् । एमालेको ओली समूह, नेमकिपा, राप्रपा र जसपाका केही सांसदले भने विश्वासको मतको विपक्षमा मत दिने भनिएको छ ।

यता, जसपाका ३४ सांसदमध्ये उपेन्द्र यादव पक्षमा १२ जना भएपनि महन्थ ठाकुर समूहबाट ५ सांसद भित्रिएसँगै १७ सांसद पुगेको छ ।

समग्रमा कांग्रेसको ६१, माओवादीको ४८, जसपाको यादव समूहबाट १७, राजमोबाट १, स्वतन्त्र सांसद १ गरी १२८ जना सांसद पुग्छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत पाउन १३६ आवश्यक रहन्छ जसमा एमालेको नेपाल समूहका ८ सांसद्ले पक्षमा मत दिए प्रधानमन्त्री देउवाले सजिलै विश्वासको मत पाउनुहुनेछ ।

यसअघि माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button