प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली??

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गरेकोमा आपत्ति जनाउदै गणतन्त्र नै संकटमा परेको बताउनुभएको छ ।

शुक्रबार सरकारी निवास बालुवाटारमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रपतिलाई गाली गरेको भन्दै यसले गणतन्त्र नै संकटमा परेको उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘मैले एकपल्ट भनेको थिएँ, रिसाएको बिरालोले खामो चिथोर्छ भनेर, अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिसन चल्याछ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो त्यो ठूलो हुने कम्पिटिसन चलेको छ। हिजो पनि भूतपूर्वहरुको लस्करले मिट द प्रेस गरेको देखेँ, त्यसमा पनि राष्ट्रपतिभन्दा राजै ठूलो भन्नेमा उहाँहरु पुग्नुभयो। तर, मलाई उहाँहरुका सम्बन्धमा केही भन्नु छैन, यो आ–आफ्नो कल्चरल लेबलको कुरा होला, उनले भने, अर्को कुरा गणतन्त्रप्रतिको वैरभाव पनि होला भित्री रुपमा।’

प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई ‘जे अधिकार दिएका छौं’ त्यसमा सिमित हुनुपर्ने र त्यसैमा सिमित रहेको दाबी पनि गरे। तर, विपक्षी गठबन्धनका नेताहरु असभ्य र अमर्यादित समाज निर्माणतर्फ लागेको ओलीको आरोप छ ।

बिहीबार विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानका संरक्षक र अभिभावक मानिएका राष्ट्रपतिको गरिमामाथि प्रश्न उठाएका थिए ।

उनले भनेका थिए, ‘अहिले त राष्ट्रपति भनेको संस्था त ‘ राजाहरु हुँदा एउटा शान थियो । अहिले त शान पनि छैन, मान पनि छैन, कस्तो भयो हामीले बनाएको संस्था ?’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button