प्रधानमन्त्री ओलीविरुद्ध शेरबहादुर देउवा आक्रामक, आवश्यक परे सडक संघर्ष नै गर्ने !

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्ष, एमालेबाट निश्काषित माधव कुमार नेपाल पक्ष र जनमोर्चाको विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने तयारीमा जुटेको छ ।

आज बसेको विपक्षी गठबन्धनमा नेताहरुले ओली सरकारले एकपछि अर्को गरेर संविधानमाथि घात गरेको र यसको मर्म र भावना कुल्चिएको निश्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेबाट निश्काषित नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी सांसद दुर्गा पौडेलले संयुक्त विज्ञप्ती जारी गरेर असंवैधानिक कामको आलोचना गरेका छन् ।

उनीहरुले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि कामकारवाही नगर्न चेतावनी समेत दिएका छन् । आजको बैठकमा ओलीप्रति सबैभन्दा बढि आक्रामक रुपमा देउवा खनिएका थिए । उनले अदालतले संसद् पूनःस्थापना गर्ने विश्वास दिलाएका थिए । तर, ओली सरकारले गरेका असंवैधानिक निर्णय र गतिविधि अब सह्य नहुने भन्दै आवश्यक परे कडा संघर्षमा उत्रिनुपर्ने पनि देउवाको भनाई थियो ।

यसअघिको विपक्षी गठबन्धनको बैठकमा देउवा ओलीसँग नरम रुपमा प्रस्तुत हुँदै आएका थिए । उपेन्द्र यादवले सरकारविरुद्ध कडा खालको संघर्ष गर्नुपर्ने आवश्यक औंल्याएका थिए । यादवको प्रस्तावमा माधव नेपाल र प्रचण्ड दुवै सहमत थिए । तर, देउवाले कोरोना महामारीका कारण तत्काल सडकमा जाँदा नराम्रो सन्देश जाने धारणा राखेका थिए ।

बरु, मिडियामार्फत, सामाजिक सञ्जालबाटै सरकारको गलत क्रियाकलापको भण्डाफोर गर्नुपर्ने धारणा राखेका थिए । पछिल्ला दिनमा ओलीसँग सबैभन्दा बढि असन्तुष्ट र आक्रोशित देउवा बनेका छन् । उनले प्रतिनिधिसभाका बहुमत सांसदले आफूलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको सशिर सदस्य सर्वोच्च अदालतमा उपस्थित् भएको भन्दै अदालतबाट आफूहरुअनुकुल निर्णय आउने विश्वास लिएका छन् ।

प्रधानमन्त्री ओलीले पुष ५ गते पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा सभापति देउवा मौन थिए । उनले ओलीको निर्णयविरुद्ध तत्काल पार्टीलाई सडकमा उतार्ने प्रयास गरेनन् । बरु, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापा, प्रदीप पौडेललगायतका युवा नेताहरु पनि कांग्रेस संसद् विघटनको कदमविरुद्ध सडक संघर्षमा जानुपर्ने अडान लिएका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button