प्रदेश १ काे मुख्य मन्त्री बन्नै लाग्दा नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा मृत फेला

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा बिहीबार बिहान मृत फेला परेका छन्।  सुनसरीको इनरुवा नगरपालिका-३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्य मृत फेला परेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए। उनका अनुसार कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो।

उनलाई मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ। बिहान १०:३० बजेतिर प्रहरीले घटना थाहा पाएको हो। घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ।

एमाले नेता भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ। उनी काठमाडौंबाट अहिले बिहान विराटनगर आउने तयारीमा थिए। बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन।

काठमाडौंमा रहेका प्रदेश १ मुख्यमन्त्री शेरधन राई, आचार्य, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे लगायतका नेताहरु आउन ढिला हुँदा बैठक सुरु हुन नसकेको एमाले प्रदेश १ का सांसद राजकुमार ओझाले जानकारी दिए। सबै जना भेला भइसकेपछि बैठक सुरु हुने उनको भनाइ छ।

बैठकमा मुख्यमन्त्री राईले राजीनामा दिएर आचार्यलाई संसदीय दलको नेताका लागि प्रस्ताव गर्ने छन्। त्यसपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ समक्ष आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नलाई सिफारिस गरिने छ। प्रदेश प्रमुखको कार्यालयले आजै शपथको तयारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button