प्रचन्ड र माधव नेपाललाई मोहन वैद्यले भने प्रधानमन्त्रीको मोह त्यागनुहोस

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले सत्ता र पदको लोभ त्याग गर्न सुझाव दिएका छन् ।

नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने अवस आएको बताउदै उनले प्रधानमन्त्री पदको लोभ त्याग गर्न सुझाव दिएका हुन् ।

४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले देश र जनताको हित सोच्न अनुरोध गरेका हुन् ।

वैद्यले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सम्भव भए ‘कोर्स चेन्ज’ गरेर सबैलाई क्रान्तिकारी बनाउन र सम्भव नभए सडकमा भएका कम्युनिस्टबीच तालमेल गरेर क्रान्ति गर्न आह्वान गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button