प्रचण्ड नमाने एमसीसीकाे छलफल नहुने:देउवा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नसमेटिनुको कारणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले खुलासा गर्नुभएको छ।

प्रधानमन्त्री देउवाले सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नामनेपछि उक्त कार्यक्रममा एमसीसीले स्थान नपाएको बताउनुभएको हो ।

कांग्रेस सभापति समेत रहनुभएका देउवाले पार्टीको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । भेलामा पार्टीका उपसभापति विमेन्द्र निधिले सरकारको कार्यक्रममा एमसीसी नसमेटिनुको कारणबारे प्रश्न उठाउनुभएको थियो । सोको जवाफमा प्रधानमन्त्री देउवाले प्रचण्ड तयार नभएपछि कार्यक्रममा एमसीसी समेट्न नसकिएको बताउनुभएको हो ।

यसअघि नै ओली सरकारका पाला संसदबाट पारित गराएर एमसीसी कार्यान्वयन गर्न खोज्दा पनि माओवादी खेमको अवरोध एवं असहयोगका कारण एमसीसी अन्यौलमा पर्दै आएको थियो । अध्यक्ष प्रचण्डले भने संशोधनविना यथास्थितिमा एमसीसी अनुमोदन गर्न नहुने बताउँदै आउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button