पूर्वसभामुख कृष्णबहादुर महरा उच्च अदालतबाट सफाइ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट सफाइ पाएका छन् । मंगलबार उच्च अदालत पाटनले जबरजस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको हो ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले पूर्वसभामुख महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो । महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

त्यसपछि महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिएका थिए, भने असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका थिए । त्यसपछि काठमाडौं जिल्ला अदालतले डिल्लीबजार कारागारमा पूर्पक्षका लागि थुनामा रहेका महरालाई २०७६ फागुन ५ गते निर्दोष रहेको फैसला सुनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button