पूर्वपश्चिम राजमार्ग अवरुद्ध सुजिताको हत्या विरुद्ध प्रदर्शन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
चितवन । सुजिता भण्डारीको हत्या भएको भन्दै उनका परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । हत्यारा पत्ता लगाएर कानूनी कारवाही गरिनु पर्ने भन्दै उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका हुन् ।
सोमबार बिहानैबाट आइतबार जंगलमा मृत भेटिएकी आफ्नो छाेरीको हत्यारा पत्ता लगाउन मागसहित परिवार, आफन्त र स्थानीयवासीले राजमार्गमा प्रदर्शन गरेका छन् ।

 

चितवनको ब्रम्हस्थानी सामुदायीक बनमा सुजिताको शव सोमबार फेला परेको थियो । १० दिनदेखि बेपत्ता सुजिताको शव फेला परेपछि प्रहरीले आफन्तको खोजि गर्दा सुजिताका बुवा गोपाल भण्डारीले आफ्नो छोरीको शव भएको दावी गर्नु भएको थियो । यद्यपि प्रहरीले भने पुष्टि गर्न सकेको छैन ।

चितवन प्रहरीका अनुसार सुजिताको शव जंगलको बीचमा झाडीमा अड्किएको अवस्थामा फेला परेको थियो । स्थानीयले जंगलमा च्याउ टिप्न गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुजिता १० दिन अघि आफ्नो साथीकामा जाने भन्दै घरबाट निस्कीएकी थिइन् । घरबाट निस्कीएको दिननै सुजिताले आफ्नो दिदीलाई फोनामा आफू अपहरणमा परेको बताएकी थिइन् । घटनाको सम्बन्धमा अनुशन्धान भइरहेको चितवन प्रहरीले बताएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button