पाँच दिन धाए पछि बनेको नागरिकता प्रमाणपत्र हातमा परे पछि मङ्गली प्रजा खुशी।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्ला प्रशासन कार्यालय भरतपुरमा पाँच दिन धाए पछि बनेको नागरिकता प्रमाणपत्र हातमा परे पछि मङ्गली प्रजा खुशी भए । उहाँलाई नागरिकता लिन ठूलो युद्ध नै जिते सरह भयो । मङ्गलिलाई नागरिकता लिनको लागि वडा कार्यालयबाट सिफारिश बनाउन चार पाँच दिन र जिल्ला प्रशासनमा पाँच दिन गरि झण्डै दश बाह्र दिन खर्चनु पर्यो ।

 

यस्तै झन्झट, बोझिलो र खर्च हुने भएर नै उहाँले यो उमेर सम्म नागरिकता लिन तदारुकता नदेखाएको हो । नागरिकको अज्ञनता, चेतनाको कमि र राज्यको असक्षमताका कारण नेपाली नागरिकता प्रमाणपत्र पत्र लिन सामान्य नागरिकलाई बोझिलो बिषय बनेको छ । शिक्षित दिक्षित नागरिकलाई भने नागरिकता प्रमाणपत्र पाउन मङ्गली चेपाङलाई जस्तो सास्ती खेप्नु नपर्ला ।
मङ्गली चेपाङ कालिका नगरपालिका-९ स्थित टुमुटी गाउँमा बैवाहिक पछिको जीवन विताउँदै आउनु भएको झन्डै तेह्र वर्ष पुग्यो । उहाँलाई नागरिकताको महत्त्व र नागरिकता बनाउनु पर्छ भनी मनमा लाग्दैनथ्यो ।

 

हिजोआज सरकारले ल्याएको अव्यवस्थित तथा सुकुम्बासी समस्या समधान गर्न भनि लगत सङ्कलन फार्म भर्न पर्दा नागरिकताको खोजि हुँदा बल्ल महत्त्व रहेको चाल पायो । “आफू बस्दै आएको ऐलानी जमिनको पुर्जा पाउन भनी फार्म भर्नको लागि श्रीमान र श्रीमती दुवैको नागरिकताको फोटोकपी र फोटो चाहिदो रहेछ । तत्काल नागरिकता बनाएर ल्याउनु भन्दा आफू त अलमलमा परियो । श्रीमान र दुई वर्षकी काखकी छोरी च्यापेर नागरिकता बनाउन भनी वडा कार्यालयमा सिफारिस लिनकै लागि पाँच दिन धाउनु परेको – मङ्गलिले सुनाउनु भयो ।”
आजभोली जे कामको लागि पनि नागरिकता चाहिदो रहेछ भन्नुहुदै आफुहरुले मात्र भए नागरिकता बनाउन नसकिने उहाँको दुखेसो थियो । उहाँ भन्नुहुन्छ- ” आफुले मात्र नागरिकता बनाउन हिड्दा प्रकृया नै बुझ्न सकेनौ । पछि गाउँकै चिनेको भाईको साथमा हामी नागरिकता बनाउन हिडेकोले नागरिकता लिन सक्यौं। आज पनि नागरिकता बनाउन भोलि पनि नागरिकता बनाउन भरतपुर जान लागेको सुनाउनु पर्दा गाउँलेहरुनै छक्कै पर्याछन ।” नागरिकता बनाउने उमेर धेरै नाघी सकेकाले पुलिस चौकीबाट पनि सर्जिमन गराउनु पर्दा नागरिकता लिनको लागि मङ्गली चेपाङले थप समय खर्चिनु परेको हो ।

 

उहाँको श्रीमानको पनि नागरिकता लिएको भर्खर एक वर्ष भएछ । गाउँमा आफू भन्दा बढी उमेरका नागरिकता नलिनेहरु थुप्रै रहेको उहाँको कुरा छ । दैनिक ज्याला मजदुरी गरि खाने मङ्गलिको परिवारलाई नागरिकता बनाउने झमेलाले आर्थिक बोझ पनि थोपरेको छ । आफुले भोगेको समस्या छोराछोरिले नभोगुन भनी जन्मदर्ता, नागरिकता प्रमाणपत्र लिने जस्ता काम बेलैमा गरिदिने कुरा उहाँको मनमा लागेको छ । आफ्नो उमेर ठ्याक्कै भन्न गाह्रो भएको मङ्गलिको नागरिकता रहे अनुसार पैतिस वर्ष पुग्यो । छ वटा छोराछोरीले जेलिएका उहाँ भन्नुहुन्छ-: आँखा देखाउनको लागि भएपनि स्कुल पढाउनु पर्दो रहेछ, आफुले जस्तो छोराछोरीले दु:ख नपाउन ।

 

मङ्गली चेपाङ जस्ता धेरै अशिक्षित मानिसहरू नागरिकता प्रमाणपत्रको महत्त्व नबुझ्दा सरकारी प्रशासनिक काम कुरालाई झन्झटिलो ठान्ने, बोझिलो लिने हुँदा जम दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराई जस्ता जनसाङ्खिकी घट्ना दर्ता गराउनबाट पछि हटिरहेका हुछन । जब सरकारी सेवा सुबिधा लगायत कामको लागि नागरिकता चाहिन्छ, प्रक्रियागत रुपमा जान थप बोझ पर्न पुग्छ । गाउँ टोलमै जनप्रतिनिधि रहँदा पनि नागरिकको यस्ता समस्या भने अझै हट्न सकेका छैनन । चिनेजानेका आफन्त फाइदा मिल्नेहरुकोत वडा सचिब नै कार्यालय भित्रै छिरेर नागरिकता दिलाइदिएको पनि देख्न सकिन्छ । राज्यबाट पाउने सेवा सुबिधा प्रत्येक नागरिकलाई समान रुपमा दिलाउन सरकारले तदारुकता देखाउन पर्दछ । कसैले लुटिरहेको छ । सोझा नागरिक जिउन पनि हार खानु परिरहेको छ । समान र सम्मानजनक जीवन जिउन पाउनु प्रत्येक नागरिकको अधिकार हो ।

 

पुर्जा पाउने आशमा पैतिस वर्षमा नागरिकता लिएका मङ्गलीले नागरिकता बनाउन तिर लाग्दै गर्दा लगत सङ्कलन भर्ने म्याद सकिएर टोलि पनि गाउँबाट फर्किसकेको छ । नागरिकता प्रमाणपत्र त बन्यो, सरकारले आफू बस्दै आएको ऐलानी जमिनको पुर्जा दिने भन्ने लगत फर्म भर्न नपाउँदा मङ्गलिको आशा मरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button