पहिरोले पुरेर एक जनाको मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु भएको छ। वडा नम्बर ५ मैदानमा खसेको पहिरोमा परेर धातिवाङ्ग घर भएका अन्दाजी ४५ वर्षीय मानबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

 

स्थानीय मेघराज घिमिरेको घरमा प्लाष्टर गर्ने क्रममा साँझ ५ बजेको समयमा घर माथिबाट पहिरो खसेर पुरिएका हुन्। पहिरोमा पुरिएका सुनारको शव थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button