पछिल्लो २४ घण्टाको कोरोना अपडेट।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घन्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बुधबार थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन्।

प्रवक्ता डा. पौडेलका अनुसार १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा ५ हजार ३१६ जनामा संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घन्टामा ७ हजार २१९ जनाले कोरोना जितेका छन्। यो ८० दशमलव ८ प्रतिशत हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १०१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

हालसम्म १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित छन् भने ८३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौं उपत्यकामा १४ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ९६९ भक्तपुर १८१ र ललितपुरमा ३०६ जनामा संक्रमण देखिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button