“नेपाल खुल्ला छ” बन्दकर्तालाई देशभरि बाट नियन्त्रणमा लिंदै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपाको नेत्रविक्रम चन्द समूहले आह्वान गरेको बन्द गराउन सडकमा निस्केका ६ कार्यकर्तालाई प्रहरीले चोरमाराबाट पक्राउ गरेको छ ।

मंगलबार बिहान चोरमाराको राजमार्गमा ढुंगामुढा राख्दै गरेको अवस्थामा पक्राउ गरेर कावासोतीमा ल्याइएको जिल्ला प्रहरीले जानकारी दियो।

महेन्द्रराजमार्गमा बिहानैबाट यातायात निकै कम चलेका छन्। छोटो दुरीमा हिडने मोटरसाइकल भने चलेका छन। सार्वजनिक बस चलेका छैन। छोटोदूरीका निजी गाडी भनेफाट्टफुट्टचलेको देखिन्छ। राजमार्ग प्राय सुनसान देखिएको छ। सदरमुकाम कावासोती बजार र महेन्द्रराजमार्ग बिहानैबाट सुनासान छ।

पूर्वी नवलपरासीमा शुक्रबार सधै पसल बन्द हुने भएकाले आज पनि खुलेका छैनन्। यहाँको प्रमुख हाटबजार पनि बन्द रहेको छ। सोमबार राति मात्रै चन्द समूहलेजिल्ला सदरमुकाम कावासोतीमा मसाल जुलुस निकालेर इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button