नेपाली संस्कृति, ईमानदारीपन र हावापानीले लाेभ्यायाे(भिडियो सहित)    

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्षितिज/ साधारण लवाई-खवाई र जिवनशैलीमा रमाउन मनपर्ने रफाएल लङ्गेहाेर्सटलाई नेपाली संस्कृति, ईमानदारीपन र हावापानीले लाेभ्यायाे। 

९ बर्ष अघि लाङटाङ हिमालि क्षेत्र तिर घुम्न आएका उनी आफ्नो देश आष्टि्या फर्किए पनि मनमा आफ्नै देश विरानाे र विदेशी भुमिमा बसिरहेको जस्तो महसुस हुन थालेपछि ०७२ सालकाे भुकम्पले भत्किएको घरहरु बनाउन सहायता गर्नलाई आफ्नो देशकाे केही साथिहरु सहित नेपाल आएर धादिङको गाउँहरुमा घरहरु बनाए।

केहि महिना पछि संगै आएको सबै साथीहरू आफ्नै  देश फर्के पनि आफू भने नेपालिहरु साेझाे र शान्त वातावरण भएकाे कारण नेपालमा केही नयाँ काम गरि नेपालीहरुलाई मदत गर्ने मनसायले आफ्नो देश नफर्केकाे लङ्गेहाेर्सट बताउँछन् ।

गाउँ -घरमा घुलमिल हुंदाहुंदै नेपाली भाषा बुझ्न र स्पष्ट बाेल्न सिकेका उनी पेसाले ईलेक्टा्राेनिक ईन्जिनियर हुन् तर काठकाे घर बनाउनमा साेखिन छन्।   

प्राविधिक ज्ञानमा पाेख्त उनी साेलार बनाउन प्रयाेग हुने मदरवाेर्ड आफैे डिजाइन गरि मदरवाेर्डमा ‘नेपामा बनेकाे’ लेखी युरोप निर्यात पनि गर्ने गर्नेछन् ।

आफू काठको घर बनाउन साेखिन भएकाे कारण सुरुवातमा आफ्नै देश बाट काठ र मेसिनहरु ल्याई गाउँमा हेल्थपाेष्ट बनाईदिएकाे उनले बताए। पाेखरा,तनहुँ काठमाडौ लगाएतका स्थानहरूमा व्यक्तिको काठको घर, रिसोर्ट , रेष्टुरेन्ट तथा विध्यालयहरु निर्माण गरिसकेका उनले विदुर-९ जफती खिन्चेत, नुवाकोटमा नमुना साैर्य प्राविधि प्रा.लि संस्था खाेलि प्राविधिक तथा काठको घर निर्माण गरिरहेका छन्। 

हाल उनलेे आवश्यक पर्ने काठहरु रसुवा र नुवाकोटको समुदायिक वन वाट आपूर्ति गरिरहेको छन्। काठको घर निर्माणकाे लागि नेपालमा पाईने गाेव्ररे सल्ला, ठिङ्गुरे सल्ला र देवदार अत्यन्तै उपयोगी हुने उनकाे भनाइ छ। यी रुखहरु नेपालको ३ हजार देखि ३५ सय मिटरको उचाइमा उत्तरी भेगका स्थानहरूमा प्रसस्त मात्रामा पाईन्छ।

नेपालको यातायातकाे साधन नपुग्ने उच्च गाउँहरु जहाँ सिमेन्ट , गिटी र वालुवाकाे प्रयाेग वाट घर निर्माण गर्न  गार्हाे छ त्यस्तो ठाउँमा झनै याे प्रविधि उपयुक्त हुन्छ उनले भने। साथै ‘हिमाली क्षेत्रमा त झन् जाडो हुन्छ सिमेन्टको घर चिसो र स्वास्थ्यकाे लागि ठिक पनि हुन्न’ उनले थपे।

विभिन्न युरोपियन डिजाइनमा वा नेपालीहरुकाे ईच्छा अनुसारको घरहरू वनाईरहेकाे उनको भनाइ छ। भविष्यमा आफुले खाेजेकाे रुखहरु पाउने स्थानहरूमा याे प्रविधिको शाखाहरु खाेल्ने उनकाे याेजना रहेको र यसै अन्तरगत रिसर्चकाे लागि जुम्ला समेत पुगिसकेको उनी वताउछन्।

अन्य सम्पुर्ण जनकारी सहितको पूरा भिडियो हेर्नुस् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button