नेपाली काङ्ग्रेस जनताको घरदैलोमा(भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया/ नेपाली काङ्ग्रेस सक्रिय रुपमा बाढीपीडित जनताको घरदैलोमा पुगेर राहत सामग्रीहरु बांडिरहेका छन्।

बेमौसमी बर्षाले कर्णाली नदिकाे बहाब बढेपछि राजापुर र गेरुवा गाउँपालिकामा करिब १२ सय घर डुबानमा परेकाे थियो।

विशेषगरी गेरुवा २ र ३ मा बाढीले घर खेत डुबानमा परेकाहरुलाई तत्काल राहत पुर्‍याउन विभिन्न पाँच चरणमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, जिल्ला विपत समिति तथा सामाजिक संघसंस्थाले राहत सामग्री वितरण हाे।

यसै अन्तरगत पुर्व जिल्ला सभापति तथा नेपाली काङ्ग्रेसको संगठन विभागका केन्द्रीय सदस्य अरुण प्रकाश सिंह राथाेढकाे पहलमा मेरिक्नाेल यु.एस.ए ले आठ लाख, संघिय सांसद नेपाली काङ्ग्रेस केन्द्रीय सदस किशोर सिंह राथाेडकाे पहलमा बांके जीवन ज्याेति स्कुलले तीन लाख र नेकपा एमालेका सांसद विमला वि.क काे पहलमा त्रीपाल वितरण गरेको छ।

पुर्व नेपाल तरुणदलका महासमिति सदस्य तथा काङ्ग्रेसका संगठन विभागका केन्द्रीय सदस्य जनमा जय तिमल्सिनाले ‘नदि किनारमा बसाेबास गरिरहेका बाढीपीडितलाई दिगो समस्या समाधानको लागि आफ्नो पार्टीबाट पहल गर्ने व्यक्त गरे।’

यसरी विभिन्न संघसंस्था र राजनीतिदल लगाएतले बाढीपीडितलाई सहायता पुर्याइरहेकाे भएता पनि अझै किसानकाे तत्कालीन समस्या सरकारले सम्बाेधन गर्न र राहत वितरणमा ढिलाइ भएको गुनासो गरिरहेको छन् ।

यसै सम्ववन्धि कर्णाली 24 ले तयार पारेकाे एक रिपोर्ट हेर्नुहाेस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button