नेपालीहोनी !!! सिलिन्डर लिएर गए।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अक्सिजन ग्याँस उद्योगबाट लगेका सिलिण्डर अस्पताल, संघसस्था र व्यक्तिले समयमा फिर्ता नपठाउँदा ग्याँस उद्योगको प्लान्ट नै बन्द हुने अवस्थामा पुुग्ने गरेको पाइएको छ ।

सिलिण्डर ग्याँस रोटेशन अनुसार नआउँदा ग्याँस प्लान्ट नै बन्द गरेर बस्नु पर्ने अवस्था आएको ग्याँस उद्योगीहरुले बताएका छन् । शंकर अक्सिजन ग्याँसका प्रवन्ध निर्देशक शम्भु भण्डारी उद्योगका सिलिण्डर बजारमा गएका रोटेशनमा नआएकोले हिजो केही समय आफनो प्लान्ट बन्द गरेको बताउनुहुन्छ ।

पहिला ग्याँस भर्न आफूहरुका गाडीको लामो लाइन हुन्थ्यो तर अहिले सिलिण्डर फिर्ता नआएको कारण सुनसान जस्तै हुने गरेको उहाँ बताउनुहुन्छ । धेरै ग्याँस घरमा भरेर राख्ने र हस्पिटलबाट पनि एकबाट अर्को हुँदै धेरै हस्पिटलमा पुग्ने भएकोले रोटेशन प्रणाली विगिएको प्रवन्ध निर्देशक भण्डारी बताउनुहुन्छ ।

यस्तै अवस्था रहिरहे फेरि ग्यासँको अभाव हुने उहाँ बताउनुहुन्छ । लगेका सिलिण्डरको बारेमा अस्पताल सँग कुरा गर्दा एक दुई दिनमा आउँछ भन्ने प्रतिक्रिया दिए पनि सिलिण्डर समयमा आउन नसकेको अक्सिजन ग्याँस उद्योगी भण्डारी बताउनुहुन्छ ।

हस्पिटलमा लगेका ग्याँस समेत जुन समयमा उद्योगमा आउनु पर्ने हो आएको पाइएन किन होल्ड भए सिलिण्डर त्यसबारे आफूहरुले थप बुझने काम भइरहेको भण्डारीले बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button