नेपालीहरु २५० डलर देखाएर युरोप, अमेरिका, जापान, कोरिया घुम्न जान थाले

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युरोप, अमेरिका, जापान, कोरिया ,खाडीलगायत मुलुक घुम्न जाने यात्रुहरुले गृह मन्त्रालयले तोकेको नयाँ रकम लिएर यात्रा गर्न थालेका छन् । यस अघि पर्यटक भिसामा विदेश जाने नेपालीहरुले त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा एक हजार अमेरिकी डलर साथमा देखाउनुपर्ने व्यवस्था थियो।

गृह मन्त्रालयले बिहीबार अध्यागमन कार्याविधि संशोधन गर्दै सो रकमलाई घटाउने निर्णय गरेको थियो।अध्यागमन विभागले सो निर्णय कार्यान्वयनमा ल्याएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सुशिल वैद्यले रकमको सीमा फेरिएको थाहा पाएका यात्रुहरुले सोही बमोजिमको रकम देखाउन थालेको बताए।

वैद्यले अन्नपूर्णसँग भने, ‘रकम घटेको थाहा नपाएका यात्रुहरुले एक हजार अमेरिकी डलर नै लिएर आउनु भएको छ।’ भर्खरै कार्यान्वयनमा आएकाले यात्रुहरु झुक्किनु सामान्य हो, ‘उनले भने ।

गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा)मा युरोप, अमेरिका, जापान, कोरियालगायत विकसित मुलुक जाने यात्रुहरुले अध्यागमन कार्यालयमा पाँच सय अमेरिकी डलर सटही गरेको प्रमाण देखाउनले व्यवस्था गरेको छ।

यस्तै, सार्क राष्ट्र, खाडी मुलुक र थाइल्याण्ड जाने नेपाली यात्रुहरुले दुई सय पचास अमेरिकी डलर सहटी गरेको प्रमाण त्रिअवीस्थित अध्यागमनको प्रस्थान कक्षमा पेस गर्नुपर्ने छ। गृह मन्त्रालयले बुधबार अध्यागमन कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था गरेको थियो ।

गन्तव्य मुलुकका संस्था वा खर्च व्यहोर्ने व्यक्तिले सबै व्यहोरा खुलेको पत्र अध्यागमनमा पेस गरे तोकिएको डलर समेत आवश्यक नपर्ने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button