नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।
जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो स्थानमा नेपालको पकड बलियो भएको छ । त्यस्तै नेपालले समग्र छनोटकै चौथो स्थानका शीर्ष चार टिमका लागि बलियो चुनौती पेस गरेको छ । कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा पहिलो गोल गरे । चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । नेपालका लागि पेनाल्टीको अवसर दिने जापानी रेफ्री किम उसुङको निर्णय निकै नरम रह्यो ।
खेलको ८१ औं मिनेटमा नवयुग श्रेष्ठले दोस्रो गोल थपे । यसका लागि उनले नजिकको दूरीबाट चलाखीपूर्ण उत्कृष्ट गोल गरे र यसका लागि सुमन अर्यालले सटिक क्रस मिलाएका थिए ।
नवयुगले नेपालका लागि गरेको यो सातौं गोल हो । यो जितपछि नेपालको दुई खेलबाट ६ अंक भएको छ । यसपल्टको विश्वकप छनोटमा नेपालका यो दोस्रो जित हो । दुवै जित चिनियाँ ताइपेईविरुद्ध रहेको छ । चिनियाँ ताइपेईको भने छनोटमा यो लगातार पाँचौं हार हो र शून्य अंक रहेको छ । चिनियाँ ताइपेईले दोस्रो हाफमा नेपाललाई केही दबाबमा राख्न सके पनि निर्णायक सावित आक्रमण भने बुन्न सकेन । यसअघि उनकै नेतृत्वमा नेपालले इराकविरुद्ध मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । अब नेपालले विश्वकप छनोटका बाँकी खेलमा जोर्डन र अस्ट्रेलियाको सामना गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button