नेपालमा ६९ हजारको एन्टीजेन परीक्षण गर्दा १३ हजारमा संक्रमण पुष्टि

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ जेठ । नेपालमा हालसम्म ६ लाख १ हजार ६ सय ८३ जना कोरोना संक्रमित भएका छन् । ५ लाख ८८ हजार १२४ जना पिसीआर विधिबाट र १३ हजार ५५९ जनालाई एन्टीजेन विधिबाट सक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये हालसम्म ४ लाख ९१ हजार ९ जना संक्रमणमुक्त भइसकेका छन्। यो निको हुने दर ८३.५ प्रतिशत हो । त्यस्तै, हालसम्म ३१ लाख ४३ हजार ६२ जनाको पिसीआर परिक्षणबाट र ६९ हजार ९५१ जनाको एन्टीजेन बिधिबाट परीक्षण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी, हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ८९८ रहेको छ । कोभिड–१९ विरुद्धको पहिलो खोप नेपालमा हालसम्म २१ लाख १३ हजार ८० जनाले लगाएका छन् भने दोस्रो खोप ६ लाख ९१ हजार ४९४ जनाले लगाएको मन्त्रालयले जनाएको छ ।

आइतबार नेपालमा ३ हजार ४ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । हिजो थपिएका मध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार १३१ संक्रमित थपिएका हुन्। थपिएका संक्रमित मध्ये काठमाडौंका ७३१, भक्तपुरका १४६ र ललितपुरका २५४ जना रहेका छन् ।

मन्त्रालयको अनुसार हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ हजार २१७ रहेको छ । १० हजार ४ सय ७१ जनाको पिसीआर परिक्षणमा ३ हजार ४० जना र ३२ सय ६२ जनाको एन्टिजेन परिक्षण गर्दा ४५५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै, २४ घन्टामा ६६ सय ३६ जना संक्रमणमुक्त भएका थिए । कोरोना संक्रमणबाट हिजो थप ९९ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button