नेपालमा”वि.स.२००८ साल” पहिलो पटक को बजेट विनियोजन यस्तो थियो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइराला सरकारको पालामा वि.सं. २००८ साल माघ २१ गते औपचारिकरूपमा घोषणा भएको थियो। तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए। उक्त बजेटमा राजस्व ३ करोड ६ लाख १९ हजार रुपैयाँ प्रक्षेपित अनुमान राखिएको थियो। शिक्षा क्षेत्रमा सयकडा ५० र स्वास्थ्य क्षेत्रमा सयकडा ३८ रुपैयाँ बजेट विनियोजन गरिएको थियो। त्यस्तै, २००९ सालमा चुनाव गर्ने घोषणसमेत गरिएको थियो ।

२००७ सालमा प्रजातन्त्र आएपछि बजेट संसदसमक्ष प्रस्तुत गर्ने प्रणालीको विकास भएको हो। त्यसअघि दरबारिया तथा जहानियाँ राणा शासनको पारिवारिक बजेट छुट्याइने गरिन्थ्यो। ​१ सय ४ वर्षे जहानियाँ राणा शासनको शोषणमा रहेका जनताले यो बजेटले पहिलोपटक आर्थिक स्वतन्त्रताको अधिकारको महशुस गराएको थियो ।

चुनावी सरकारले पूर्ण आकारको आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज अध्यादेशबाट ल्याउँदै छ। यसै सन्दर्भमा नेपालको पहिलो बजेटबारे यहाँ उल्लेख गरिएकाे छ ।

सामान्यतया बजेटलाई आय र व्ययको विवरण भनिएतापनी बजेट गत आर्थिक वर्षको आर्थिक गतिविधिहरूको अभिलेख मानिन्छ। चालु आर्थिक वर्षका आर्थिक गतिविधिहरूको चित्रण र आगामी वर्षका गतिविधिहरूको प्रक्षेपित अनुमानको दस्तावेजको रुपमा बजेटलाई लिइन्छ। एसियाली विकास बैङ्कले बजेटलाई आर्थिक गतिविधिहरूको ऐना भनेर परिभाषित गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button