नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १३ असार। कोरोना संक्रमणबाट आज थप ३४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ९  पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा १ हजार ९ सय २० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या नेपालमा ६ लाख ३४ हजार २४६ पुगेको छ । आज जम्मा ६ हजार जनामा गरिएको परीक्षणबाट १३ सय ५३ जना पिसीआर विधिबाट र ५६७ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

आज ३ हजार ७ जनाको संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button