नेपालमा आज ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

साउन २४। नेपालमा शनिबार ३ सय ७८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिँदै शनिबार ४ सय ९९ जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा अहिलेसम्म १६ हजार ३१३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button