नेपालगन्ज १६ मा जेहन्दार महिलाहरुलाई सिलाई मेसिन वितरण

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालगञ्ज/ नेपालगंज उपमहानगरपालिका वडा नं १६ का महिलाहरुलाई सिलाई मेसिन वितरण गरिएको छ। आर्थिक वर्ष २०७७ / २०७८ को लक्षित वर्ग विकासका लागि जेहन्दार महिलाहरुलाई सिलाई मेसिन प्रदान गरिए हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष हनिफ जोलाहाले जिविको-पार्जनका लागि यो सहयोगले केही राहत गर्नेछ ।

वडा अध्यक्ष जोलाहाले भने आगामी वर्षमा थप योजना र बजेट बिनियोजन गरि यस वर्ष छुटेका लाई अर्को वर्ष प्रदान गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १६ का मधेशी मुस्लिम , पिछडिएका ,दलित ,अति विपन्न परिवारका ७० जना महिलालाई असार २५ गते वडा कार्यालयमा एक कार्यक्रममा बिच सिलाई मेसिन प्रदान गरेको हो। 

१६ नं वडा कार्यालयको सहयोग तथा सिद्धि टप मल्टी प्रपोज प्रालि नेपालगन्जको आयोजनामा  सहायोग गरिएको छ ।

सिद्धि टप मल्टीप्रपोज कम्पनीका संचालक सतिस पाठकले वडा सँग आगामी दिनमा समन्वय र सहकार्य गरेर जाने बताए ।

सिलाई मेसिन पाए पछि फातमा कबडियाले ‘सिकेको सीप सदुपयोग गरी जिविको पार्जन गर्ने बताइन्।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button