नेपालगन्जमा डान्स बांके डान्स २०७८ सुरु हुंदै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बांके/ नेपालगन्जमा राेयल डान्स प्रा.लि द्रारा आयाेजित पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ।   

मंगलबार दिउँसो १ वजे नेपालगन्जको न्युरोड स्थित राेयल डान्स प्रा.लि मा सम्पन्न उक्त कार्यक्रममा डान्स बांके डान्स २०७८ बारे बिस्तृृ जानकारी गराइएकाे थियो।

बस्ती भित्र लुकेका प्रतीभाहरुकाे खाेजि गर्ने उदेश्यले आगामी कार्तिक २४ गतेदेखि डान्स बांके डान्सले विभिन्न स्थानहरूमा अडिसनकाे लागि कार्यक्रम आयाेजना गर्दैछन्।

जस अन्तरगत कार्तिक २४ गते राजापुर , २५ गते गुलरिया ,२७ गते काेहलपुर,मङ्सिर ३ गते धनगढी ,४ गते नेपालगन्ज र ५ गते दाङमा अडिसन हुनेछ ।

सहभागीले ५०० शुल्क तिर्नुपर्ने छ। प्रतीयाेगितामा प्रथम पुरस्कार रु ५०,००० तथा म्युजिक भिडियो , दृतीय पुरस्कार रु २५००० तथा म्युजिक भिडियो, तृतीय पुरस्कार रु १५,००० , चाैथाे पुरस्कार रु ७,००० र पांचाै पुरस्कार रु ३,००० रहेकाे छ।

कार्यक्रमकाे सेमिफाइनलमा जर्ज काे लागि सुजन मार्फा र आस्मा विश्वकर्मा रहनेछ भने फाइनलमा नायक दिलिप रायमाझी , सियाेन श्रेष्ठ र प्रदिप (नेक्सट क्रि्यु) रहनेछन्। फाइनल नेपालगन्जकाे बाले गाउँ स्थित मेराे पल्लानेटमा हुनेछ।

ईच्छुक सहभागिहरुले निम्नलिखित माेवाइल नम्बरहरुमा ९७४२२२०००० , ९८२६५२३४२६ र ९८२४६२६२६९ मा सम्पर्क गर्नु सक्नेछ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button