नेपालगञ्ज-कोहलपुर सडकखण्डमा ज्यानै लान सक्ने ठाडो किलाहरु (भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोहलपुर। कोहलपुर-नेपालगन्ज सडकखण्डमा १ इन्चको ठाडो किलाहरु। दुई पाङ्ग्रे सवारीसाधन दुर्घटनामा पर्ने जोखिम।

कोहलपुर- नेपालगञ्ज सडकखण्डमा राखेको ‘क्याटआई’ फुटेपछि करिब १ इन्चको किलाहरु ठडिएर  रहेका छन्। सडकको बिच भागमा सेतो धर्सा सँगै राति चल्ने सवारी साधनलाई सहायता पुगोस् भनेर राखेका ‘क्याटआई’ पुरानो भई फुटेको कारण यो सडकखण्डमा यस्ता ठाडो किल्लाहरू ठडिएको हाे।

डिउटिमा खटेको सिभिल ड्रेसको प्रहरीले भने दुई पांग्रे सवारी साधनलाई उछिट्टियाइहाल्छ।

बाईक यात्री शब्दान हुसेन भन्छन् ‘पचास प्रतिशत बाईकको टायर पञ्चर बनाउँछन स्योर हो।’

यसैगरी स्कुटर चालक महिला मोबाइल चलाउँदै भन्छिन् ‘यसले एक्सिडेन्ट गराउँछन् यो रोड विभाग ले हेर्नु पर्ने हो।’

दैनिक सयौंको संख्यामा सवारी साधन गुड्ने नेपालगञ्ज-कोहलपुर सडकखण्डमा रहेको ठोडो किलाले निम्त्याउन सक्ने सडक दुर्घटना र यसको जिम्मेवारीको विषयमा जवाफ खोज्न संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन नेपालगन्जमा हामी गयौं।

हेर्नुहोस भिडियो जस्ताको तस्तै।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button