नेता नेपालको कुकर्मका पछि लाग्न सकिनँ : शान्ता चौधरी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेकी सांसद शान्ता चौधरीले पार्टी फुटाएर माधवकुमार नेपालले पार्टीलाई तहसनहस पारेको आरोप लगाउनु भएको छ । आफूलाई एमालेमा प्रवेश गराउने नेता नेपालकै विरोधमा उत्रिएको भन्दै आलोचना भइरहँदा सांसद चौधरीले नेता नेपालको कुकर्मका पछि लाग्न नसके बताउनु भएको हो ।

‘उहाँ (नेता नेपाल) आफैले आफ्नै पार्टीको सरकार गिराउनुभयो , आफैले निर्माण गरेको पार्टी चोइट्याउनुभयाे, सारा नेपाली जनताको भावना विपरित पार्टिलाई तहसनहस पार्दै हुनुहुन्छ,’ सांसद चाैधरीले समाजिक सञ्जालमा लेख्नुभएकाे छ,  ‘अब म के गरौँ ? यस्ता जनभावनाविपरीतका कुकर्मका पछि लागौं ? लाखौ कार्यकर्ताको मनमा चोट पुग्ने गरी कसैका पदको लडाइँको पछि दगुरौँ? यदि देशलाई स्थिरता दिने हो र कम्युनिस्ट आन्दोलन समाजवादउन्मुख बनाउने हो भने यस्ता कार्यको मैले विरोध गर्नै पर्छ। मैले त्यही गरेँ र अझै पनि गरिरहने छु।’

१८ वर्ष लामो समय कमलरी जीवन बिताएकी उनलाई नेता नेपालले एमालेमा प्रवेश गराउनु भएकाे थियाे । ‘म कमलरी थिएँ , जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको थिएँ। यसबारे मैले धेरै बताइरहनु पर्दैन। तर म बिगतमा जति अपमानित भएँ , हेपिएँ सायद मुक्त भएपछि कहिल्यै अपमानित हुनु पर्दैन, यही सोच्ने गर्थे,’ उहाँले भन्नुभएकाे छ, ‘तर आज पनि मैले बोल्नेबित्तिकै तँ कमलरी होस नबोल्, मैले लेख्नेबित्तिकै तँ कमलरी होस् नलेख् भन्ने आसयबाट प्रतिक्रिया आउन थाल्छ ।’

उहाँले यो अवस्थामा अझै पनि केही मानिससको दिमाग सामन्तवाद जिउँदै रहेको महसुस भएको बताउनु भएकाे छ । ‘कहिलेकाहीँ मान्छेका मस्तिष्कमा अनि मनमा गढेको सामन्तवाद जिउँदै रहेछ जस्तो लाग्छु, शोषणको दनदनी दन्किएको आगोमा जल्दाको पीडा कस्तो हुन्छ भन्ने अनुभूति गरेकाले होला यस्ता अभिव्यक्तिले मलाई ग्लानी होइन, ऊर्जा थपेको हुन्छ,’ उहाँले बताउनुभएकाे छ ।

आफूले कहिल्यै पनि नेता नेपालको अपमान नगरेको पनि उहाँले स्पष्टीकरण दिनुभएकाे छ । उहाँले लेख्नुभएकाे  ‘मैले कमरेड माधव नेपालको अपमान कहिले गरेँ ? एकपटक कसैले बताउन सक्नुहुन्छ ?, सक्नुहुन्छ भने बनाइदिनुस्। उहाँ आफैँले आफ्नै पार्टीको सरकार गिराउनुभयो। आफैँले बनाएको पार्टी चोइट्याएर सारा नेपालीको भावनाविपरीत पार्टीलाई तहसनहस पार्दै हुनुहुन्छ।’

नेता नेपालसहित १४ सांसदले वैशाख २७ गते पार्टी ह्विप उलंघन गरेको भन्दै एमालेले पदमुक्त गर्ने निर्णय गरिसकेको छ । तर एमालेको उक्त निर्णय सभामुख अग्नि सापकोटाले कार्यान्वयन गर्नुभएकाे छैन ।

प्रतिनिधिसभामा एमाले दलकी सचेतकसमेत रहेकी चौधरीसहितका सांसदहरु नेपालसहितका सांसदलाई पदमुक्त गरेको सूचना टाँस्न माग गर्दै दुई पटक सभामुखकहाँ पुगिसकेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button