नेकपाको सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । बैठक अपराहन्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । सो बैठकमा एमसीसी परियोजनाको विषयमा छलफल हुनेछ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडालाई बोलाइएको छ । उनीहरुलाई यसअघिको सचिवालय बैठकमा पनि आमन्त्रित सदस्यका रुपमा बोलाइएको थियो ।

एमसीसीलाई लिएर नेकपामै विवाद रहँदै आएको छ । आइतबारको बैठकमा एमसीसीलाई लिएर पार्टीमा रहेको विवाद टुंग्याउने प्रयास हुने जनाइएको छ । कार्यदलले नै एमसीसी अहिलेकै रुपमा पारित गर्न नहुने सुझाव दिएपछि नेकपा दबाबमा आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button